२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक अभय लामाको मृत्यु

Untitled
Untitled
Untitled

काठमाण्डू, ट्रकको ठक्करबाट गम्भीर घाइते भएका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ३३ वर्षीय अभय लामाको मृत्यु भएको छ ।

रामेछापको लिखू तामाकोशी गाउँपालिका-४ घर भएका लामा गत चैत २९ गते ट्रकको ठक्करबाट गम्भीर घाइते भएका थिए ।

लामाको ललितपुर ग्वार्कोस्थित ‘बी एण्ड बी’ अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

आइतबार राति तारकेश्वर नगरपालिका डाँडागाउँमा नेपालटारबाट फुटुङतर्फ जाँदै गरेका लामा सवार बाप्र ०२-०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बाप्र ०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनालगत्तै उद्धार गरी उनलाई टिचिङ अस्पताल लगिएको थियो । थप उपचारका लागि बीएण्डबी अस्पताल ल्याइएको थियो ।

Untitled
Untitled
Untitled