एजेन्सी, अमेरिकाले गरेको नाकाबन्दीका बाबजुद मंगलबार ‘रिच स्टारी’ नामको चिनियाँ ट्यांकर होर्मुज स्ट्रेट पार गर्दै फारसको खाडीबाट बाहिर निस्केको छ।
सिपिङ डेटाअनुसार नाकाबन्दी लगाइएपछि होर्मुज स्ट्रेट पार गर्ने यो पहिलो जहाज हो।
ट्यांकर र यसको मालिक कम्पनी यसअघि नै अमेरिकाको प्रतिबन्धमा छन्।
पहिले फुल स्टार भनेर चिनिने जहाजलाई अमेरिकाले २०२३ मा इराननलाई ऊर्जा प्रतिबन्धबाट बच्न मद्दत गरेको आरोपमा कालोसूचीमा राखेको थियो।
डेटाअनुसार जहाजले लगभग २ लाख ५० हजार ब्यारेल मिथेनोल बोकेको थियो, जुन यूएईको हमरिया बन्दरगाहबाट लोड गरिएको थियो।
पाकिस्तानमा गत शनिबार भएको अमेरिका-इरान वार्ता असफल भएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमरबादेखि होर्मुज स्ट्रेटमा नाकाबन्दी लगाएका छन्।


































