२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

एमालेले बोलायो आकस्मिक सचिवालय बैठक, आजैदेखि विरोधका कार्यक्रम ल्याउने सचिव बस्नेतको चेतावनी

Untitled
Untitled
Untitled

काठमाण्डू, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको पक्राउलगत्तै एमालेले सचिवालय बैठक बोलाएको छ।

सचिवालय बैठक बिहान ८:३० का लागि बोलाइएको एमाले सचिव महेश बस्नेतले जानकारी दिए।

सचिव स्नेतले सुधन गुरुङजस्ता अनुभवहीन र विवादित व्यक्तिलाई गृहमन्त्री बनाएको र द्वन्द्वको अवस्था सिर्जना भएको उल्लेख गर्दै ‘प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न’ एमालेले शनिबारदेखि प्रदर्शन शुरु गर्ने सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

उनले सचिवालय बैठकपछि कार्यक्रमबारे विस्तृत जानकारी दिइने पनि उल्लेख गरेका छन्।

Untitled
Untitled
Untitled