नेपालगञ्ज, बाँकेको तीन निर्वाचन क्षेत्रमध्ये दुई वटामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र एउटा निर्वाचन क्षेत्रमा एमालेले शुरुवाती अग्रता लिएको छ ।
रातिदेखि मत गणना शुरु भएको बाँकेमा क्षेत्र नम्बर १ र ३ मा रास्वपा र २ नम्बर क्षेत्रमा एमालेले अग्रता लिएको छ ।
क्षेत्र नम्बर १ मा रास्वपाका सुरेश चौधरीले २ हजार ५ सय ७४ मत ल्याएर अघि बढेका छन् ।
उनलाई कांग्रेसका नारायण गौडेल एक हजार २४ मत, एमालेका सूर्य ढकालले ४ सय १९ मत र नेकपाका नरेन्द्र पाण्डेले २ सय १५ मत ल्याएर पछ्याइरहेका छन् ।
यो क्षेत्रमा १ लाख २४ हजार ७ सय २७ मतदाता रहेकोमा ७५ हजार १ सय ९७ मत खसेको छ ।
क्षेत्र नम्बर २ मा एमालेका इस्तियाक राई थोरै मतले अघि(अघि छन् । डुडुवा गाउँपालिकाको वडा नम्बर १ सकेर २ नम्बर वडा गनिरहदा राईले एक हजार ५ सय ३१ मत ल्याएका छन् ।
काँग्रेसका सुधान्शु कोइरालाले १ हजार ४ सय २४, रास्वपाका विवेक श्रेष्ठले ५ सय ६२ मत ल्याएका छन् । यहाँ १ लाख ८ हजार २ सय ९० मतदाता रहेकोमा ७२ हजार ५ सय ७३ मत खसेको छ ।
क्षेत्र नम्बर ३ मा रास्वपाका खगेन्द्र सुनार अगाडि रहेका छन् ।
सुनारले १ हजार ६ सय ९८ मत ल्याएर अघि रहदा एमालेका सुमन मल्लले ७ सय ५१, काँग्रेसका अमरसिंह पुनले ५ सय ४१ र नेकपाका दिपक जिएमले ६७ मत ल्याएका छन् ।
यो क्षेत्रमा १ लाख १७ हजार ३ सय ५४ मतदाता रहकोमा ७४ हजार ५ सय ५८ मत खसेको छ ।


































