२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

Untitled
Untitled
Untitled

काठमाण्डू, प्रतिनिधिसभाको निर्वाचन अन्तर्गत आज देशभर मतदान सम्पन्न भएको छ। दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्र बाहेक अन्य सबै मतदान केन्द्रमा मतदान सम्पन्न भएको हो।

निर्वाचन आयोगका अनुसार आज मतदान समग्रमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ। बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान भएको थियो।

यता ओखलढुंगाको माने भन्ज्याङमा स्थानीयले मतदान बहिष्कार गरेका छन्।

त्यस्तै, दाङको बबई गाउँपालिका–७ मलईस्थित देउती मावि (तल्लो मलई) र वडा नम्बर १ मा रहेको जनता मावि जिल्ला मतदान केन्द्रमा भने मतदाताहरूले मतदान नै बहिस्कार गरेका छन् ।

Untitled
Untitled
Untitled