२०८३ जेठ ३० शनिवार | Saturday, Jun 13 2026

नयाँको भुलभुलैयामा पर्नुहुँदैन : सभापति थापा

Untitled
Untitled
Untitled

सुर्खेत, नेपाली कांग्रेसले सभापति गगन थापाले नयाँको भुलभुलैयामा नपर्ने आग्रह गरेका छन्।

बिहीबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले नयाँ मात्रै भनेर केही नहुने तर्क गरे।

यसअघि कर्णालीबाट माओवादी पनि नयाँ भनेरै आए पनि केही नगरेको सुनाए।

‘हिजो कर्णालीमा गाउँगाउँमा भाषण गर्दा माओवादीले के भनेको थियोरु २३०–३५ वर्ष राज्य सत्ता लुटे, अब हामी आउँछौँ। सत्ता लिएपछि गणतान्त्रिक सत्तामा सबै चमत्कार हुन्छ भनेको होइन ? देखेको होइन ?,’ थापाले भने, ‘नयाँ नयाँ नयाँ भनेर आउँदा नयाँको देखेको होइन हामीले ? फेरि भुलभलैयामा पर्ने हामी ?’

नेपालमा अहिले दुई शक्तिलाई पन्छाउनुपर्ने उनको भनाइ थियो। एउटा यथास्थितिवादी शक्ति छ, जसले नेपाललाई अगाडि बढ्न दिँदैन।

अर्को शक्ति छ, उससँग उत्तेजना छ, घृणा छ, रिस छ, आगो छ। अरु केही छैन,’ उनले भने, ‘सोच्न सक्ने क्षमता चाहिएको छ। सुझबुझ पनि चाहिएको छ।’

कांग्रेसले सुझबुझपूर्ण रुपमा काम गर्ने उनको भनाइ थियो। सफा गर्ने ठाउँमा सफा गर्दै, सच्चिने ठाउँमा सच्चिँदै, दह्रो रुपमा उभिने पर्ने ठाउँमा उभिँदै काम गर्छौँ,’ थापाले भने, ‘अब अर्को दुर्घटना हुन दिन्नौँ।’

उनले नयाँको नाममा कोलाहल र भ्रममा नपर्न सचेत गराए। कोकाहल र भ्रमलाई चिर्दै सुझबुझपूर्ण रुपमा कांग्रेसलाई मत दिन आग्रह गरे।

Untitled
Untitled
Untitled