२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

ग्रेटर नेपाल पत्रिकाको १३औ वार्षिकोत्सव वार्षिकोत्सव सम्पन्न

Untitled
Untitled
Untitled

काठमाण्डू, सुरेन्द्र ढकाल प्रतिष्ठानसंगको सहकार्यमा प्रकाशन हुंदै आएको ग्रेटर नेपाल पत्रिकाले आफनो १३औ वार्षिकोत्सव आज सम्पन्न गरेको छ ।

ग्रेटर नेपाल पब्लिकेशन्शका अध्यक्ष रामशरण पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पत्रिकाका संस्थापक प्रधान संपादक तथा प्रकाशक, विशाल नेपाल महाअभियानका राष्ट्रिय संयोजक काठमाण्डौ क्षेत्र नं १ बाट स्वतन्त्र उमेदवारी दिएका सुरेन्द्र ढकालले सबै अतिथिहरुको स्वागत गरेका थिए ।

सायद एक वा बढी मानिसहरू, मञ्च र पाठ को फोटो हुनसक्छ

उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थिति विशाल निर्माण हुने बाटो तर्फ लागेको बताउँदै आफूले चुनावमा विजय हाशिल गरेमा नया वन्दै गरेको संसद भवनमा विशाल नेपाल नक्शा झुण्डाउने र आफ्नो जीवनकानमै विशाल नेपाल वनाएर छाड्ने प्रतिवध्दता ब्यक्त गरे ।

सायद एक वा बढी मानिसहरू र पाठ को फोटो हुनसक्छ

आगामी चुनावमा जनताले विशाल नेपाल चहाने वा नचाहने, राष्ट्रवादी वा राष्ट्रघाती, संभ्रान्त वा सादगी, सक्षम वा असफल, पारदशीं वा भ्रष्ट, देशलाई दिन सक्ने वा देशलाई लुटिरहेका मध्य एकलाइ चुन्नु पर्ने अवस्था आएको बताउदै मतदाताहरु सचेत भएको खण्डमा आफ्नो विजय सुनिश्चित भएको दावी गरे ।

सायद एक वा बढी मानिसहरू, टेलिभिजन, Oval Office, समाचारकक्ष र पाठ को फोटो हुनसक्छ

कार्यक्रममा कविता आर्चाय, संझना पोखरेल, नीरा रंञ्जित, खगेन्द्र ढकाल, शंकर पौडेल र संचारकर्मीद्धय ज्योति किरण र उमेश सुवेदीले ढकाल एक सक्षम, योग्य पारदर्शी, सादगी र देशलाइ तन मन र धन दिइ रहेको स्थानीय ब्यत्ति भएको कारण यस क्षेत्रका जनताले उनलाई अत्यधिक मतले विजय गराउन आव्हान गरे ।

सायद एक वा बढी मानिसहरू, टेलिभिजन, मञ्च, समाचारकक्ष र पाठ को फोटो हुनसक्छ

कार्यक्रममा पत्रिकाले २०८१।८२ को ग्रेटर नेपाल राष्ट्रिय सम्मान रातोघाम चलचित्रलाई प्रदान गरेको थियो ।

सम्मान ग्रहण गर्दै चलचित्रका निर्माता शान्तिदीप रेग्मीले चलचित्रको विषयवस्तुले विशाल नेपालको भावना अंगालेको बताउँदै पत्रिकाले सम्मान गरेकोमा सम्मानदातालाई धन्यवाद दिंदै खुसी ब्यक्त गरे ।

सायद एक वा बढी मानिसहरू को फोटो हुनसक्छ

सुरेन्द्र ढकाल प्रतिष्ठानका सचिव तेजेन्द्र प्रशाईले संचालन गर्नु भएको उक्त कार्यक्रममा सबै अतिथि तथा वक्ताहरुलाई गरिमामय उपस्थितिको लागि धन्यवाद दिंएका थिए ।

सायद एक वा बढी मानिसहरू र भिड को फोटो हुनसक्छ

अध्यक्ष पाण्डेले देश जटिल परिस्थिति तर्फ मोडिएको अहिलेको अवस्थामा राष्ट्रवादीहरु एक भइ चुनावमा उत्रन आवश्यक भएको र मतदाताहरुले सचेत भएर मतदान गर्नु पर्ने बताएका थिए ।

सायद एक वा बढी मानिसहरू, टेलिभिजन, समाचारकक्ष र पाठ को फोटो हुनसक्छ

कार्यक्रमको ब्यवस्थापन सुजित थापा, मदन वास्तोला र प्रवेश खड्काले गरेका थिए भने राष्ट्रवादी नेत्री केशरी श्रेष्ठले ढकाललाई देवी कुमारीको प्रसाद फूल अक्षता सहित विजयको शुभकामना दिएका थिए ।

सायद एक वा बढी मानिसहरू, बाँसुरी र पाठ को फोटो हुनसक्छ

सायद एक वा बढी मानिसहरू, टेलिभिजन र पाठ को फोटो हुनसक्छ

सायद एक वा बढी मानिसहरू को फोटो हुनसक्छ

सायद एक वा बढी मानिसहरू, टेबल, स्पिकर र पाठ को फोटो हुनसक्छ

सायद एक वा बढी मानिसहरू, मञ्च र पाठ को फोटो हुनसक्छ

सायद एक वा बढी मानिसहरू र पाठ को फोटो हुनसक्छ

Untitled
Untitled
Untitled