२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल, तराईमा कुहिरो

Untitled
Untitled
Untitled

काठमाण्डू, हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ ।

देशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम सफा रहनेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति तराई भागका केही स्थानमा तुवाँलो लाग्नेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ र बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।

गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Untitled
Untitled
Untitled