२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

धनगढी उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौं फिर्ता

Untitled
Untitled
Untitled

काठमाण्डू, धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज गन्तव्यमा अवतरण गर्न नसकेपछि मध्यरातमा काठमाडौं फिर्ता भएको छ ।

धनगढी विमानस्थलमा मौसम तथा प्राविधिक अवस्थाका कारण पटक–पटक अवतरणको प्रयास असफल भएपछि जहाज राति करिब १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किएको हो ।

उक्त जहाज काठमाडौंबाट राति ९ः४५ बजे धनगढीका लागि उडेको थियो । उडानमा चालक दलका सदस्यसहित ८० जना यात्रु सवार थिए ।

जहाज गन्तव्यमा पुग्न नसकेपछि काठमाडौं फर्काइएपछि यात्रुहरू अलपत्र परेका छन् ।

एयरलाइन्सका अनुसार धनगढी विमानस्थलमा सुरक्षित अवतरण सम्भव नदेखिएपछि यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै जहाज फिर्ता ल्याइएको हो ।

यात्रुहरूको व्यवस्थापन तथा वैकल्पिक उडानबारे आवश्यक समन्वय भइरहेको एयरलाइन्सले जनाएको छ ।

Untitled
Untitled
Untitled