२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा जनमत पार्टी कार्यालयको अनुगमन

Untitled
Untitled
Untitled

काठमाण्डू, उच्च स्तरीय राजनीतिक वार्ता समितिले जनमत पार्टीको कार्यालय अनुगमन र निरीक्षण गरिएको छ।

सरकारद्वारा गठित उक्त समितिले आज बिहान जनमतको पार्टी कार्यालय अनुगमन गरेको हो।

सो समितिका संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल र प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालले संयुक्त टिमले पार्टी अध्यक्ष सिके राउतसंग भेटघाट समेत गरेको छ।

वार्ता समितिले यसअघि हिजो मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीको पार्टी कार्यालय अनुगमन गरेको थियो।

जेनजी आन्दोलनका क्रममा प्रायजसो सबै पुराना दलका पार्टीको कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो। ती कार्यालय समितिले अनुगमन तथा निरीक्षण गर्न लागेको हो।

Untitled
Untitled
Untitled