२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

प्रधानमन्त्री कार्कीको उपस्थितिमा राष्ट्रपति पौडेलले शीतल निवासमा गराए नयाँ मन्त्रीहरूलाई शपथ

Untitled
Untitled
Untitled

काठमाण्डू, सुशीला कार्की नेतृत्वको सरकारमा थपिएका चार जना मन्त्रीले शुक्रबार शपथ लिएका छन्।

प्रधानमन्त्री कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा नयाँ मन्त्रीहरूलाई शपथ गराएका हुन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी श्रद्धा श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी कुमार इङ्नाम, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी माधव चौलागाईं र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी राजेन्द्रसिंह भण्डारीलाई दिइएको छ।

जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारमा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन, अर्थमन्त्री रामेश्वर खनाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा अनिलकुमार सिन्हा, कृषि तथा पशुपन्छी विकास मन्त्री मदनप्रसाद परियार, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सुधा गौतम र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता मात्रै रहेका थिए।

अब मन्त्रिपरिषद १४ सदस्यीय भएको छ।

Untitled
Untitled
Untitled