२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

एमालेको ११ औं महाधिवेशनका लागि देशभरबाट कार्यकर्ता आउने क्रम जारी

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपालको प्रमुख राजनीतिक दल नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशन आज (मंसिर २७ गते) देखि शुरु हुँदैछ ।

पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने यस महाधिवेशनको तयारी पूरा भएको छ ।

महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी क्षेत्रफलमा रहेको खुल्ला चौरमा हुँदैछ ।

बिहान ६ बजेदेखि नै देशभरका नेता तथा कार्यकर्ताहरू उद्घाटनस्थलमा आउने क्रम जारी रहेको छ ।

यस महाधिवेशनमा आयोजक, निर्वाचित र मनोनीत गरी २ हजार ४ सय भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।

यसका साथै, बन्दसत्रमा सल्लाहकार परिषद्का सदस्यसहित करिब २ हजार ६ सय १३ जना सहभागी हुनेछन् ।

Untitled
Untitled
Untitled