२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

मधेश प्रदेशका मुख्यमन्त्री यादवले मंसिर २४ गते विश्वासको मत लिने

Untitled
Untitled
Untitled

जनकपुरधाम, मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २४ गते विश्वासको मत लिने भएका छन् ।

आइतवार बसेको सत्तापक्षीय सातदलीय गठबन्धनको बैठकले त्यस दिन विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामआशिष यादवले बताए ।

उनी यही मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । यादवले आइतवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

उनले आइतवार नै सानो आकारको मन्त्रिमण्डल गठन गरेका छन् । विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने उनको तयारी छ ।

कांग्रेस संसदीय दलका नेता यादव ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

एमाले संसदीय दलका नेता सरोजकुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए ।

Untitled
Untitled
Untitled