२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

मुग्लिङमा गुडिरहेको कारमाथि ढुंगो खस्यो, ३ जना घाइते

Untitled
Untitled
Untitled
चितवन, मुग्लिङ-नारायणगढ सडक खण्डको तुइनमा भारतीय कारमाथि ढुंगा खस्दा तीन जना घाइते भएका छन् । आइतबार दिउँसो सडकमा गुडिरहेको भारतको उत्तर प्रदेश राज्यबाट आएको युपी ८० जीपी २९२८ नम्बरको सेतो रंगको कारमा पहराबाट खसेको ढुंगो बजारिएको हो । पहराबाट आएको ठूलो आकारको ढुंगो कारमा बजारिँदा कार क्षतिग्रस्त भएको छ भने पछाडि बसेका तीनजना गम्भीर घाइते भएका छन्। उक्त कारमा पाँचजना सवार रहेको खुलेको छ। पहराबाट आएको ढुंगो कारको सन रुफ भत्काउँदै सिटमा रहेका यात्रुमाथि लागेको हो । उक्त ढुंगाले लागेर घाइते भएकाहरूलाई अस्पताल लगिएको छ ।
Untitled
Untitled
Untitled