२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

काठमाडौँमा आज पनि हल्का वर्षाको सम्भावना, साँझ हल्का पानी पर्ने संकेत

Untitled
Untitled
Untitled

काठमाण्डू, काठमाडौँ उपत्यकामा आज (सोमबार) पनि मौसम पूर्ण रूपमा खुल्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिनभर आंशिक बदली रहने र साँझपख केही स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

मौसमविद्हरूका अनुसार स्थानीय वायुको प्रभावका कारण उपत्यकाको मौसम परिवर्तनशील बनेको हो ।

बादल लाग्ने र खुल्ने क्रम दिनभर जारी रहने भएकाले बीच–बीचमा घाम पनि देखिन सक्ने बताइएको छ ।

आज बिहान ५ः४५ बजे गरिएको प्रारम्भिक मापनअनुसार काठमाडौँको न्यूनतम तापक्रम १६.५ डिग्री सेल्सियस रहेको छ ।

आधिकारिक न्यूनतम तापक्रम भने बिहान ८ः४५ बजे मापन गरिने भएकाले हालको तापक्रममा सामान्य परिवर्तन आउन सक्ने मौसमविद्हरूले बताएका छन् ।
महाशाखाका अनुसार अहिले काठमाडौँ उपत्यकाको दृश्यता करिब ७ हजार मिटर रहेको छ ।

हिजो उपत्यकाको अधिकतम तापक्रम २६.५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १४.७ डिग्री सेल्सियस मापन गरिएको थियो ।

मौसमविद्हरूका अनुसार न्यूनतम तापक्रमले राति र बिहानको मौसम अवस्था संकेत गर्ने गर्छ भने अधिकतम तापक्रमले दिनको गर्मीको अवस्थालाई जनाउँछ ।

देशभरका मौसम केन्द्रबाट दैनिक रूपमा बिहान र साँझ तापक्रम मापन गर्ने व्यवस्था रहेको महाशाखाले जनाएको छ ।

Untitled
Untitled
Untitled