२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

संसदीय समितिका सभापति टुंग्याउन रास्वपाले बोलायो संसदीय दलको बैठक

Untitled
Untitled
Untitled

काठमाण्डू, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ। संसदीय समितिका सभापतिको टुंगो लगाउन रास्वपाले बैठक बोलाएको हो।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार दिउँसो १२ बजे बस्नेगरी बैठक बोलाइएको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

बुर्लाकोटीका अनुसार प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन शाहको सभापतित्वमा बैठक बस्ने छ।

बैठकले संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतका ९दुई वटा संयुक्तसहित० १२ संसदीय समितिको सभापतिको टुंगो लगाउने छ।

महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार रास्वपाले ११ वटा समितिको सभापति आफूले नै राख्नेछ।

अघिल्लो संसदमा रहेका सांसदलाई संसदीय समितिको सभापति बनाउन प्राथमिकतामा राखेको रास्वपाका नेताहरू बताउँछन्।

सांसद मनिष झा, गणेश पराजुली, हरि ढकाल, तोसिमा कार्कीलगायत समितिको सभापति बन्ने चर्चा छ।

महिला तथा सामाजिक मामिला समितिको सभापति महिला सांसदलाई नै बनाउने रास्वपाको तयारी छ।

रास्वपाका सांसदलाई आफूले इच्छाएको समितिमा बस्नका लागि जानकारी गराउन भनिएको थियो।

नयाँ र पुराना गरी ५० जनाभन्दा बढी सांसदले समितिको सभापतिका लागि इच्छा जाहेर गरेको रास्वपाका नेताहरू बताउँछन्।

सांसदलाई विषयगत ज्ञान र आफ्नो इच्छा भएको समिति अनुसार जानकारी गराउन भनिएको थियो।

रास्वपाबाट विषय विज्ञता र अनुभवका आधारमा संसदीय समितिको सभापति छनोट हुने महामन्त्री बुर्लाकोटीले बताए।

Untitled
Untitled
Untitled