२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

भालुबाङमा कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा, अन्तरघात गर्नेहरूमाथि कारबाहीको माग

Untitled
Untitled
Untitled

दाङ, नेपाली कांग्रेसले लुम्बिनी प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रम प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी)को भालुबाङमा आयोजना गरेको छ।

पार्टीका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाल लगायत केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा चुनावी समीक्षा आयोजना गरिएको हो।

कार्यक्रममा प्रदेशका २६ वटा संघीय निर्वाचन क्षेत्रका उम्मेदवारसहित प्रदेश तथा जिल्ला तहका नेतृत्वहरूको सहभागिता रहेको छ।

प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनको अध्यक्षतामा समीक्षा कार्यक्रम सञ्चालन भइरहेको हो । केन्द्रीय कार्यसमिति नभनी संघीय कार्यसमिति र सभापति भनेर सम्बोधन गरिएको छ।

संघीयताको सबल कार्यान्वयनका लागि यसखाले अभ्यास गरिएको उद्घोष गरिएको छ ।

उम्मेदवारहरूले कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा पराजय भोग्नुका कारण आन्तरिक तथा बाह्य दुवै रहेको औंल्याएका छन् ।

चुनावमा अन्तरघात गर्नेहरूमाथि कारबाही गर्न कडा माग समेत गरेका छन् ।

Untitled
Untitled
Untitled