२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउविरुद्ध परेको रिटको सुनुवाइ ‘हेर्दाहेर्दै’मा

Untitled
Untitled
Untitled

काठमाण्डू, पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध परेको रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।

आज सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार शर्माको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइ तोकिएको थियो ।

दुवैको रिटमाथि भोलि पुनः सुनुवाइ हुने गरी हेर्दाहेर्दैमा राखिएको हो ।

जेनजी आन्दोलनबारे जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका आधारमा ओली र लेखकलाई पक्राउ गरिएको थियो ।

उनीहरुलाई जरुरी पक्राउ पुर्जी जारी गर्दै चैत १४ गते बिहान पक्राउ गरिएकोमा दुवैको परिवारले थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्येक्षीकरणको रिट दायर गरेका थिए ।

ओलीका हकमा ओली पत्नी राधिका शाक्य र लेखकको हकमा लेखकपत्नी यशोधा लेखकले रिट दायर गरेका हुन् ।

त्यसो त यसअघि नै सर्वोच्चले ओली र लेखक पक्राउ गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको थियो ।

Untitled
Untitled
Untitled