२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

केपी ओली र रमेश लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

Untitled
Untitled
Untitled

काठमाण्डू, जेनजी आन्दोलनका क्रममा भएको दमनसँग सम्बन्धित आरोपमा पक्राउ परेका तात्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइँदै छ।

शनिबार सार्वजनिक बिदा परेकाले दुवै जनालाई अदालतमा उपस्थित गराउन सम्भव भएको थिएन। प्रहरीले आज अदालत खुल्नेबित्तिकै उनीहरूलाई पेश गर्ने तयारी गरेको जनाएको छ।

गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक बनेपछि ७६ जनाको ज्यान गएको थियो भने दुई हजार चार सयभन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते भएका थिए।

सो क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रहरी कार्यालय, विभिन्न व्यापारिक प्रतिष्ठान तथा निजी घरमा आगजनी, तोडफोड र लुटपाट भएको थियो।

उक्त घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तात्कालीन प्रधानमन्त्री ओली र तात्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको थियो।

प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले चैत १३ गते बसेको पहिलो मन्त्रिपरिषद् बैठकमार्फत आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

त्यसअनुसार चैत १४ गते बिहानै प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट र लेखकलाई कटुन्जेस्थित निवासबाट नियन्त्रणमा लिएको थियो।

Untitled
Untitled
Untitled