काठमाण्डू, प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ९७८०ले निश्चित समयका लागि भएपनि आफूले पारदर्शीरुपले सभामुखको भूमिका निर्वाह गर्ने बताएका छन्।
शितल निवासमा सपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै केसीले यस्तो बताएका हुन्। ‘मेरो निष्पक्ष समयभित्र निष्पक्ष र पारदर्शी रुपले सभामुखको भूमिका निर्वाह गर्छु’, उनले भने।
सभामुखको भूमिकाले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व गर्ने उल्लेख गर्दै उनले आफू संसदका सम्पूर्ण सदस्यहरूको विशेषाधिकारको संरक्षकका रूपमा प्रस्तुत हुने पनि बताए।
ज्येष्ठ सदस्यकारुपमा केसीले आज राष्ट्रपतिसँग सपथ ग्रहण गरे भने भोलि चैत १२ गते अन्य २७४ जना सांसदलाई केसीले सपथ ग्रहण गराउने छन्।
प्रतिनिधि सभामा सभामुख चयन नहुँदासम्म केसीले नै ज्येष्ठ सदस्यकारुपमा सभामुखको भूमिका निर्वाह गर्नेछन्।


































