२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि-चन्द्रमा प्रदर्शन

Untitled
Untitled
Untitled

काठमाण्डू, काठमाडौँस्थित त्रि-चन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै विद्यार्थीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

सोही क्याम्पसका स्ववियु सभापति गोबिन्द कोइरालाको नेतृत्वमा भएको प्रदर्शनमा “जेनजी आन्दोलनको सत्यता जान्ने हाम्रो अधिकार” भन्ने मूल नारासहित विद्यार्थीहरू सहभागी भएका थिए।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले सरकारसँग प्रतिवेदन सार्वजनिक गर्न दबाब दिँदै विभिन्न नाराहरू लगाएका थिए।

उनीहरूले “सरकार फेरियो, निर्वाचन गरियो, आइसकेको प्रतिवेदन किन लुकाइयोरु”, “शहीको रगतले लतपतिएको प्रतिवेदन खै ?”, “प्रतिवेदन लुकाउन पाइँदैन”, “छानबिन भयो, परिणाम खै ?” लगायतका नाराहरू घन्काएका थिए।

त्यसैगरी, “विद्यार्थी मार्नेलाई कारबाही, सिंहदरबार जलाउनेलाई दण्ड, शहीदका परिवारलाई न्याय” जस्ता मागसमेत विद्यार्थीहरूले अघि सारेका थिए।

कार्यक्रमका क्रममा क्याम्पस परिसरभित्रै हस्ताक्षर संकलन अभियान पनि सञ्चालन गरिएको थियो।

विद्यार्थीहरूले कार्की आयोगको प्रतिवेदन सार्वजनिक नभएसम्म आफ्नो आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

Untitled
Untitled
Untitled