२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

जाँदाजाँदै आफ्नै स्वकीयलाई सुशीला कार्कीको पदको उपहार

Untitled
Untitled
Untitled

काठमाण्डू, प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठलाई मनोनीत गरिएको छ ।

कोषको संरक्षक समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले श्रेष्ठलाई मनोनीत गर्ने निर्णय गरेकी हुन् ।

श्रेष्ठ प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव हुन् ।

प्रधानमन्त्री कार्कीले आफ्नै स्वकीय सचिवलाई नियुक्ति दिएको भन्दै सामाजिक सञ्जालमा विरोध समेत सुरु भइरहेको छ ।

त्यसो त श्रेष्ठ यसअघि नै आफ्नै श्रीमती तथा नातेदारहरुलाई विभिन्न नियुक्ति दिलाएको भन्दै विवादमा तानिएका थिए । चौतर्फी आलोचनापछि ती व्यक्तिहरुलाई पदबाट समेत हटाइएको थियो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ अनुसार कोषको कामकारबाही अघि बढ्ने गरेको छ ।

जसअनुसार कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकका रुपमा प्रधानमन्त्रीले नै अध्यक्ष मनोनयन गर्ने कानूनी व्यवस्था रहेको छ ।

जाँदाजाँदै प्रधानमन्त्री कार्कीले ५ वर्षका लागि श्रेष्ठलाई अध्यक्षमा नियुक्ति दिलाएकी हुन् ।

फागुन २१ को निर्वाचनसँगै नयाँ सरकार बन्ने प्रक्रिया शुरु हुँदैछ । नयाँ सरकार बनेपछि कार्यकाल सकिएर बिदा हुने बेलामा प्रधानमन्त्री कार्कीले आफ्नै स्वकीयलाई नियुक्ति दिलाएकी हुन् ।

Untitled
Untitled
Untitled