२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान शुरु

Untitled
Untitled
Untitled

काठमाण्डू, प्रतिनिधिसभा सदस्य चयनका लागि आज बिहान ७ बजेदेखि देशभर मतदान शुरु भएको छ।

निर्वाचन आयोगका अनुसार तोकिएका सबै मतदान केन्द्रमा आवश्यक तयारी पूरा भएपछि निर्धारित समयमै मतदान प्रक्रिया प्रारम्भ गरिएको हो।

मतदान साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षाकर्मी व्यापक रूपमा परिचालन गरिएको छ।

मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य गरिएको छ भने नागरिकता, सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वा जग्गाधनी प्रमाणपत्रमध्ये कुनै एक परिचयपत्र साथमा ल्याउन आयोगले आग्रह गरेको छ।

Untitled
Untitled
Untitled