२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

रामेछाप दुर्घटनामा एक प्रहरीको मृत्यु, आठ जना घाइते

Untitled
Untitled
Untitled

रामेछाप, रामेछाप नगरपालिका–२ स्थित देउरालीमा भएको दुर्घटनामा परी एक जना प्रहरीको मृत्यु भएको छ। वडाध्यक्ष नीरबहादुर श्रेष्ठका अनुसार एक जन असईको मृत्यु भएको हो।

दुर्घटनामा अन्य ८ जना घाइते भएका छन्। निर्वाचन सामग्रीसहित कर्मचारी र प्रहरी चढेको गाडी सोमबार दिउँसो दुर्घटना भएको थियो। गाडी ५ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन्।

गाडीबाट हाम फालेका तीन जना सकुशल छन्। घाइतेहरूको उपचारका लागि नजिकैको अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

Untitled
Untitled
Untitled