२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

होली र निर्वाचनका दिन बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

एक निर्देशनमार्फत केन्द्रीय बैंकले होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन अर्थात् फागुन २१ गते बिहीबारका दिन बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा रहने व्यवस्था मिलाउन आग्रह गरेको हो ।

राष्ट्र बैंकले सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैंकहरुद्वारा भुक्तानी व्यवस्था र राजस्व दाखिला गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता सञ्चालन गर्ने बैङ्क तथा वित्तीय संस्थाहरुद्वारा राजनीतिक दल तथा उम्मेदवारको नगद वा चेक वा अन्य विनिमय साधनहरुको दाखिला, भुक्तानीलगायतका बैंकिङ सेवा प्रदान गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

Untitled
Untitled
Untitled