काठमाण्डू, काठमाडौँ उपत्यकामा आज (शुक्रबार) बिहान छिटपुट पानी परेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार बिहान उपत्यकाका कतैकतै छिटपुट पानी परेको हो।
‘बिहान ५ बजेदेखि ७ बजेभित्र काठमाडौँ उपत्यकाका कतै कतै छिटपुट पानी परेको हो, मापन गर्न पनि नमिल्ने किसिमको’, उनले भने, ‘अहिले त्यो पनि बन्द भइसकेको छ।’

मौसमविद् पुडासैनीका अनुसार दिउँसो काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना देखिएको छैन।
‘बादल भने लाग्छ’, उनले भने, ‘बेलाबेला घाम पनि देखिन्छ।’


































