२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

जनकपुरमा आज कांग्रेसको ‘प्रतीज्ञा सभा’, घोषणापत्र सार्वजनिक हुँदै

Untitled
Untitled
Untitled

जनकपुरधाम, नेपाली कांग्रेसले आज जनकपुरधाममा आयोजना गर्ने ‘प्रतिज्ञा सभा’ मार्फत आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। घोषणापत्रलाई कांग्रेसले ‘प्रतिज्ञापत्र’ नाम दिएको छ।

कांग्रेस मधेश प्रदेश कार्यसमितिको आयोजनामा हुने उक्त सभालाई पार्टीका सभापति गगन थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सोही क्रममा उनले चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्नेछन्।

प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रमबारे विस्तृत जानकारी भने ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनमार्फत दिइने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।

कांग्रेस मधेश प्रदेश समितिका सभापति कृष्णप्रसाद यादवका अनुसार सभामा करिब एक लाख मानिसको सहभागिता गराउने लक्ष्य राखिएको छ।

Untitled
Untitled
Untitled