२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको पहिलो बैठक, बागी उम्मेदवारलाई फिर्ता लिन दबाब

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली कांग्रेसले आगामी शुक्रबार बस्ने गरी केन्द्रीय अनुशासन समितिको पहिलो बैठक बोलाएको छ ।

विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिद्वारा गठित केन्द्रीय अनुशासन समितिको पहिलो बैठक शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको हो ।

यो बैठकको मुख्य एजेन्डा पार्टीका तर्फबाट मुलुकभर बागी उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने रहेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा देशभर कांग्रेसका ३ जनाले बागी उम्मेदवारी दिएका छन् ।

कांग्रेसबाट बागी उम्मेदवारी दिनेमा कपिलवस्तु १ बाट आशीष शर्मासहित ३ जना रहेका छन् ।

उनीहरूलाई एकपटक अनुशासन समिति बैठक बसेर समय तोकेर आग्रह गर्ने र त्यो समयमा उम्मेदवारी फिर्ता नगरे अर्को बैठक बसेर कारबाही गर्ने तयारी कांग्रेसको छ ।

Untitled
Untitled
Untitled