२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउने नजिक यात्रुबाहक बस दुर्घटना, ३८ जना घाइते

Untitled
Untitled
Untitled

चितवन, मुग्लिङ–नारायणगढ सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिक बस दुर्घटना हुँदा ३८ जना यात्रु घाइते भएका छन् ।

आज बिहान करिब ३ बजेको समयमा दाङबाट काठमाडौंतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको बस आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परेका घाइतेमध्ये १० जनाको अवस्था मध्यम र २८ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका इन्स्पेक्टर खगेन्द्र अधिकारीले लोकपथलाई जानकारी दिए ।

घाइतेहरुको भरतपुरस्थित नयाँ मेडिकल कलेज, पुरानो मेडिकल कलेज, मौलाकालिका अस्पताल तथा मुग्लिङस्थित जनता केयर अस्पतालमा उपचार भइरहेको अधिकारीले जानकारी दिए ।

नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना, पुरानो मेडिकल कलेजमा १३ जना, मौलाकालिका अस्पतालमा १५ जना र जनता केयर अस्पताल मुग्लिङमा ६ जनाको उपचार भइरहेको छ ।

जनता केयर अस्पतालमा उपचाररत घाइतेमध्ये दुर्घटनाका समयमा बस चलाइरहेका चालक विपिन चौधरी र सुभाष ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सो अस्पतालमा रहेका अन्य ४ जना घाइतेलाई थप उपचारका लागि भरतपुर पठाइएको छ ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Untitled
Untitled
Untitled