हुम्ला, हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसारमा कठिनाइ भएको छ।
गत शुक्रबार रातिबाट बाक्लो हिमपात भएपछि सडक सञ्जाल अवरुद्ध हुनु र पैदल यात्रा गर्न पनि नसकिने भएपछि उम्मेदवारलाई चुनावी प्रचारप्रसार गर्न समस्या भएको हो।
उत्तरी हुम्लाको लागि चुनावी प्रचारप्रसारको तयारी गरि रहेका फागुन २१ गतेको प्रतिनिधिसभाको सदस्य पदका लागि नेपाली काँँग्रेसबाट प्रत्यासी जयपति रोकायाले हिमपातको कारण प्रचार कार्यक्रम हाललाई स्थगन गर्नुपरेको बताए।
शुक्रबारको हिमपातपछि नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमीका तीन गाउँ तील, हल्जी र जाङमा चुनावी प्रचारप्रसार मात्र नभएर अन्य कामले पनि कोही पनि पैदल मार्गबाट जान नसक्ने अवस्था रहेको छ।
लिमीमा कोही बिरामी भए हेलिकोप्टर चार्टर गरेर बिरामीको उद्धार गर्नु पर्ने अवस्था विद्यमान छ। उत्तरी हुम्लामा तीनदेखि चार फिट हिउँ जमेको छ।
लिमीमा उम्मेदवार प्रचारीकाा लागि जान मात्र समस्या नभएर अधिकाँस मतदाता समेत काठमाडौंमा झरेको कारण फागुन २१ गतेको निर्वाचनमा जान पनि कठिन देखिएको छ।
उनले यस पटकको निर्वाचनमा लिमीमा कोही पनि उम्मेदवारहरु चुनावी प्रचारका लागि जान नसक्ने तत्कालका लागि नाम्खा गाउँपालिकाका अन्य पाँच वटा वडाहरुमा पनि जान सक्ने अवस्था नरहेको उनले बताए।
निर्वाचनका लागि दलका उम्मेदवारहरुमा नेपाली काँग्रेसबाट जयपति रोकाया, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट दलबहादुर फडेरा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट छक्क बुढा रहेका छन्।
त्यसैगरि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट डाक्टर दिपेन्द्र रोकाया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टासी लाङ्जोम, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कुम्भ बुढा र प्रगतिशील लोकतान्त्रीक पार्टीका जटिल कार्की रहेका छन्।
यस्तै अवस्था रहे रास्वपाकी उम्मेदवार लााङ्जोम आफ्नो मतदाता नामावली भएको गाउँमा गएर मतपत्र खसाउन सक्ने अवस्था समेत नरहन सक्छ।
उनीहरु कोही पनि एउटा सिङ्गो गाउँपालिकामा जान सक्ने अवस्था नरहेको उनले बताए। निर्वाचनका लागि प्रत्यासी सातै जना हाल सदरमुकाम सिमकोटमा रोकिएका छन्।
यस वर्षको हिमपात शुरु भएको र अझै हिउँ पर्ने महिना बाँँकी रहेको कारण आफ्नो प्रचारका लागि उम्मेदवार र राजनीतिक दललाई मतदाता भेट्न समस्या देखिएको राप्रपाका उम्मेदवार छक्क बुढाले बताए।
हिमाली जिल्लाका लागि फागुन २१ गतेको निर्वाचनको समय त्यति उपयुक्त नभएको उनको भनाइ छ।


































