२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

अन्तर्राष्ट्रिय बजारमा चाँदी पहिलोपटक १०० डलर नाघ्यो, सुनको पनि रोकिने संकेत छैन !

Untitled
Untitled
Untitled

काठमाण्डू, अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्यले नयाँ इतिहास रचेको छ। पहिलोपटक चाँदीको मूल्य प्रति औंस १०० अमेरिकी डलरको स्तर नाघ्दै लगानीकर्ताको ध्यान तानेको छ।

पछिल्लो अपडेटअनुसार शुक्रबार अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य प्रति औंस १००.०८ डलर पुगेको छ।

अघिल्लो कारोबारको तुलनामा चाँदीको मूल्य ३.९५ डलरले बढ्दै करिब ४.१० प्रतिशतको उल्लेखनीय वृद्धि देखिएको हो।

दिनभरको कारोबारमा चाँदीको मूल्य तीव्र उतार–चढावपछि १०० डलरको मनोवैज्ञानिक सीमाभन्दा माथि टिक्न सफल भएको देखिन्छ।

विश्लेषकहरूका अनुसार अमेरिकी डलर कमजोर हुनु, विश्वव्यापी आर्थिक अनिश्चितता, भूराजनीतिक तनाव र औद्योगिक माग बढ्नुले चाँदीको मूल्यलाई ऐतिहासिक उचाइमा पुर्‍याएको हो।

विशेषगरी सुरक्षित लगानीको विकल्प खोजिरहेका लगानीकर्ताहरू चाँदीतर्फ आकर्षित हुँदा मूल्यमा तीव्र उछाल आएको बताइएको छ।

यसैबीच सुनको मूल्य पनि उकालो यात्रामा देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४,९६१.५३ डलर पुगेको छ।

सुनको मूल्य अघिल्लो दिनको तुलनामा ५१.९४ डलरले बढ्दै १.०६ प्रतिशतले उकालो लागेको हो।

दिनभरको कारोबार क्रममा सुनको मूल्य करिब ४,९६२ डलरसम्म पुगेको देखिन्छ।

विश्व बजारमा बढ्दो महँगीको चाप, केन्द्रीय बैंकहरूको नीतिगत अनिश्चितता र सुरक्षित सम्पत्तिमा लगानी बढ्दा सुनको मूल्यलाई पनि बल पुगेको विश्लेषण गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी दुवैको मूल्य एकैसाथ मजबुत देखिनुले आगामी दिनमा बहुमूल्य धातु बजार अझै चासोको केन्द्रमा रहने संकेत गरेको छ।

Untitled
Untitled
Untitled