२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक बस्दैछ ।

विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिको यो पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्न लागेको हो ।

नयाँ नेतृत्व चयनपछि बस्न लागेको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै आगामी निर्वाचनमा जाने रणनीतिबारे औपचारिक निर्णय गर्ने तयारी गरेको पार्टीले जनाएको छ ।

यसका साथै निर्वाचन केन्द्रित अभियान, संगठन सुदृढीकरण, गठबन्धन नीति तथा समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल हुने जनाइएको छ ।

Untitled
Untitled
Untitled