२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

विशेष महाधिवेशनपछि भोलि पहिलोपटक सभापति थापा सानेपा जाने, भोलि नै कार्यसमिति बैठक

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा पहिलोपटक बस्ने भएको छ ।

पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति निर्वाचित भएयता भएको आधिकारिकताको विवादका कारण विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक सानेपामा बस्न सकेको थिएन ।

भोलि पहिलोपटक सानेपामा बैठक बस्ने भएको हो । प्रवक्ता देवराज चालिसेले भोलि केन्द्रीय कार्यालय जाने बताए ।

‘सभापतिसहित हामी भोलि केन्द्रीय कार्यालय सानेपा जान्छौं, त्यहीँ केन्द्रीय समिति बैठक पनि बस्छ,’ उनले भने ।

विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको दुई वटा केन्द्रीय कार्यसमिति र संसदीय बोर्ड बैठक केन्द्रीय कार्यालय बाहिर पार्टी प्यालेस र होटेलहरूमा बसेको थियो ।

Untitled
Untitled
Untitled