२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

कांग्रेस विशेष महाधिवेशनका लागि मतदाता नामावली प्रकाशित

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदाताको नामावली प्रकाशित गरिएको छ।

निर्वाचन समितिले मतदाता नामावली प्रकाशित गरेको हो। प्रकाशित नामावलीअनुसार मतदाताको संख्या ४ हजार ६३८ कायम गरिएको छ।

कांग्रेसको चौधौँ महाधिवेशनमा ४ हजार ७४३ मतदाता थिए। पार्टी छाडेका र मृत्यु भएकाहरूको संख्या घटाएर मतदाता संख्या निर्धारण गरिएको हो।

विशेष महाधिवेशनमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी भएको बताइएको छ।

Untitled
Untitled
Untitled