२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

कांग्रेस विशेष महाधिवेशन: भृकुटीमण्डप केन्द्रित तयारी तीव्र

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली कांग्रेसको विशेष महाधिवेशन पुस २७ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने निश्चित भएसँगै त्यस पक्षधर नेताहरू तयारीमा जुटेका छन्।

अनामनगरस्थित सिंहदरबारको पूर्वी गेट नजिकै स्थापना गरिएको विशेष महाधिवेशन सचिवालयको समन्वयमा तयारी अघि बढाइएको छ।

महाधिवेशन व्यवस्थापन अन्तर्गत स्वयंसेवक परिचालनदेखि मञ्च निर्माणसम्मका कामहरू चरणबद्ध रूपमा शुरु गरिँदै छन्।

स्वयंसेवक व्यवस्थापन समितिका संयोजक मनिष कोइरालाका अनुसार करिब एक हजार स्वयंसेवक परिचालन गरिनेछ। उनले भृकुटीमण्डपमा आजदेखि मञ्च निर्माणको काम सुरु हुने जानकारी दिए।

विशेष महाधिवेशन नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रत्यक्ष संलग्नतामा आह्वान गरिएको हो।

यता, संस्थापन समूहले भने विशेष महाधिवेशनको काउन्टर रणनीतिस्वरूप युवा भेला र केन्द्रीय सदस्यहरूको भेला आह्वान गरेको छ।

हाल विशेष महाधिवेशन सचिवालयमा विभिन्न समितिमा रहेका नेताहरू आ–आफ्नो जिम्मेवारीअनुसार तयारीमा जुटिरहेका छन्।

यसैबीच केही नेता तथा कार्यकर्ता भृकुटीमण्डप परिसरमा समेत भेला हुन थालेका छन्।

विशेष महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसभित्रको राजनीतिक तापक्रम थप चर्किँदै गएको छ।

Untitled
Untitled
Untitled