२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

एमामले अध्यक्ष ओलीमाथि लगाइएको स्थान हद फुकुवा

Untitled
Untitled
Untitled

काठमाण्डू, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगले नेकपा एमालेका अध्यक्ष तथा तात्कालीन प्रधानमन्त्री केपी ओलीमाथि लगाइएको विदेश भ्रमण तथा काठमाण्डौ उपत्यका बाहिर जान नपाउने प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ।

आयोगको आज९पुस २१ गते० बसेको बैठकले यसअघि गत असोज १२ गतेको बैठकबाट ओलीमाथि लगाइएको स्थान हद फुकुवा गर्ने निर्णय गरेको हो ।

बैठकले उक्त प्रतिबन्ध अब आवश्यक नरहेको ठहर गर्दै उक्त निर्णय खारेज गरेको हो।

आयोगका अनुसार घटनाको छानविन तथा अनुसन्धानको क्रममा तात्कालीन प्रधानमन्त्री ओलीसँग आवश्यक सोधपुछ तथा बुझ्ने कार्य सम्पन्न भइसकेकाले प्रतिबन्धको औचित्य समाप्त भएको निष्कर्ष निकालिएको हो।

यस निर्णयअनुसार अब केपी ओलीले आयोगको स्वीकृति बिना पनि विदेश भ्रमण गर्न तथा काठमाण्डौ उपत्यका बाहिर जान सक्नेछन्।

आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माले जारी गरेको सूचनामा उक्त निर्णयको जानकारी सम्बन्धित निकायहरू तथा स्वयं ओलीलाईसमेत गराउने जनाइएको छ ।

Untitled
Untitled
Untitled