२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

श्रीमतीसहित पूर्वराजा शाह स्थलमार्ग हुँदै भारत प्रस्थान

Untitled
Untitled
Untitled

काठमाण्डू, पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्ववडामहारानी कोमल शाह बुधबार अपराह्न स्थलमार्ग हुँदै भारत प्रस्थान गरेका छन्।

झापाको पूर्वी नाका काँकडभिट्टा भएर उनीहरू पश्चिम बंगालको सिलिगुडीतर्फ लागेका स्रोतले पुष्टि गरेको छ।

भारत प्रस्थान गर्नुअघि उनीहरूले धुलाबारीस्थित होटल मेची क्राउनमा ‘लन्च’ गरेका थिए।

भ्रमणको उद्देश्य र समयावधिबारे सुरक्षा निकायहरूले अनभिज्ञता प्रकट गरेका छन्। उनीहरू भारतको सिलिगुडी लागेका बताइएको छ।

पछिल्लो समय नेपालमा बढ्दै गएको गणतन्त्र विरोधी असन्तोष र राजसंस्थाको पक्षमा देखिएको सक्रियताका बीच भएको यस भ्रमणलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

यद्यपि, पूर्वराजाले विगतमा पनि स्वास्थ्य परीक्षण, धार्मिक यात्रा र पारिवारिक भेटघाटका लागि भारत भ्रमण गर्ने गरेकाले यसलाई विशुद्ध निजी र पारिवारिक भ्रमण हुनसक्ने अनुमान पनि गरिएको छ।

Untitled
Untitled
Untitled