२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

प्रधानमन्त्री कार्की नेतृत्वको सरकारमा चार मन्त्री थपिँदै, आजै शपथको तयारी

Untitled
Untitled
Untitled

काठमाण्डू, प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेसँगै आज चार नयाँ मन्त्री नियुक्त हुँदैछन्।

स्रोतका अनुसार सरकारमा महिला मन्त्रालयको जिम्मेवारी श्रद्धा श्रेष्ठलाई दिइने भएको छ।

यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कुमार इङ्नामलाई जिम्मेवारी दिन तयारी भएको स्रोतले जनाएको छ।

वन तथा वातावरण मन्त्रालयमा माधव चौलागाईं नियुक्त हुने भएका छन्। ।

त्यसैगरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षाको नेतृत्व राजेन्द्रसिंह भण्डारीले सम्हाल्ने तयारी भएको छ।

स्रोतका अनुसार उनीहरूको शपथ ग्रहण पनि आजै हुने तयारी छ।

जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारमा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन, अर्थमन्त्री रामेश्वर खनाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा अनिलकुमार सिन्हा, कृषि तथा पशुपन्छी विकास मन्त्री मदनप्रसाद परियार, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सुधा गौतम र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता रहेका छन्।

अब थपिने चार जना मन्त्रीसहित वर्तमान सरकारमा १४ जना मन्त्री रहनेछन्।

Untitled
Untitled
Untitled