२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

भ्रष्टाचारविरुद्ध काम नगर्न धम्की आयो, हामी डराउँदैनौँ : प्रधानमन्त्री कार्की

Untitled
Untitled
Untitled

काठमाण्डू,  प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध काम नगर्न धम्की आएको सार्वजनिक गरेकी छिन्।

भ्रष्टाचारविरुद्धको २२ औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा कार्कीले प्रत्यक्ष र परोक्ष रुपमा धम्मी आएको बताएकी हुन्।

उनले आफू नेतृत्वको सरकार चुनावी मात्रै नभएर सुशासनको माग राखी भएको जेन्जी आन्दोलनको जगमा बनेको सरकार भएकाले त्यसअनुसार काम गर्ने बताइन्।

कार्कीले सरकारले नियमित कार्य सँगसँगै सुशासनका निमित्त तीब्र गतिमा काम गरिरहेको दाबी गरिन्।

भ्रष्टाचारविरुद्ध जस्ता सुकै कमद चाल्न पनि आफूहरु तयार रहेको उनको भनाइ छ।

‘जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ला तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन।

यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेका छन्, प्रधानमन्त्री कार्कीले अगाडि भनिन्, ‘यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्त्वले प्रत्यक्ष वा परोक्षरुपमा धम्क्याए पनि हामी डराउँदैनौँ।’

सम्बन्धित निकायका पदाधिकारी र राष्ट्र सेवकहरुलाई पनि कत्ति पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न कार्कीले निर्देशन दिइन्।

Untitled
Untitled
Untitled