२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

मधेशका नवनियुक्त अर्थमन्त्री र दुई विनाविभागीय मन्त्रीले लिए शपथ

Untitled
Untitled
Untitled

जनकपुरधाम, मधेश प्रदेशका नवनियुक्त ३ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथग्रहण समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट नवनियुक्त मन्त्रिहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

यादव नेतृत्वको सरकारमा जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव अर्थमन्त्री तथा नेपाली कांग्रेसका जंगीलाल राय र नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक कनिष पटेलले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन् ।

बाँकी सबै मन्त्रालय मुख्यमन्त्री यादवले आफै मातहतमा राखेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेशसभा सदस्य जितेन्द्रप्रसाद सोनार (सोनल)को नेतृत्वमा बनेको सरकारमा समेत महेशप्रसाद यादव र कनिष पटेल विनाविभागीय मन्त्री बनेका थिए ।

सोनल नेतृत्वको सरकार विश्वासको मत लिनुअगावै ढलेपछि उनीअरुले मन्त्रालयको जिम्मेवारी पाउन सकेका थिएनन् ।

Untitled
Untitled
Untitled