२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सत्तापक्षका सांसद उपस्थिति नभएपछि मधेश प्रदेशसभा बैठक स्थगित

Untitled
Untitled
Untitled
जनकपुर, मधेश प्रदेशसभा बैठक सत्तापक्षका सांसद उपस्थित नभएपछि स्थगित भएको छ । बिहान साढे ८ बजेका लागि बोलाइएको बैठकमा सत्तापक्षका सांसदहरू बिहान १०:३० बजेसम्म पनि उपस्थित नभएपछि बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको हो । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन आज प्रदेशसभा बैठक बोलाएका थिए । सर्वोच्च अदालतले सोमबार साँझ मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो । यसै आदेशअनुसार मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन प्रदेशसभा बोलाएका थिए ।
Untitled
Untitled
Untitled