२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

राष्ट्रिय निकासका लागि अघि बढिरहेको छुः डा.कोइराला

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी मात्र नभई समग्र देशलाई सम्हाल्नुपर्ने आवश्यकता परेकाले आफू त्यसका लागि तयार रहेको बताएका छन्।

पछिल्लो राजनीतिक परिस्थिति जटिल बन्दै गएको उल्लेख गर्दै उनले निरन्तर संवाद, सहकार्य र सहमति मार्फत् मात्रै मुलुकलाई स्थिरतामुखी बनाउन सकिने धारणा राखे।

डा।कोइरालाले देशले सामना गरिरहनुपर्ने चुनौती समाधानका लागि जिम्मेवारीपूर्वक अघि बढिरहेकाले विभिन्न राजनीतिक दल तथा समुहहरूसँग निरन्तर छलफल चलिरहेको बताए।

उनका अनुसार राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै साझा मार्ग खोज्नु नै वर्तमान आवश्यक्ता हो।

उनले आफू संगठन सुदृढीकरण, राष्ट्रिय सहमति निर्माण र प्रभावकारी नेतृत्वका लागि तयार रहेको बताउँदै कांग्रेसले पनि समयअनुसार निर्णायक भूमिका खेल्नुपर्ने समय आएको उल्लेख गरे।

Untitled
Untitled
Untitled