२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

महाधिवेशनका लागि आज देशभरबाट प्रतिनिधि छान्दै एमाले

Untitled
Untitled
Untitled

काठमाण्डू, नेकपा एमालेको आसन्न महाधिवेशनलाई लक्षित गर्दै आज देशभरबाट प्रतिनिधि छनोट हुँदैछन्। केही जिल्लामा भने प्रतिनिधि सर्वसम्मत रूपमा चयन भइसकेका छन्।

शुक्रबार साँझसम्म सर्वसम्मतिका लागि अन्तिम प्रयास गर्ने निर्देशन दिइएको थियो। तर सहमति नजुटेमा आज निर्वाचन प्रक्रियामार्फत प्रतिनिधि छनोट गर्नुपर्ने स्थिति आएको छ।

महाधिवेशन प्रतिनिधिका लागि तोकिएको कोटाभन्दा बढी उम्मेदवार भएपछि धेरै ठाउँमा चुनावमै जानुपर्ने अवस्था बनेको छ।

यसै कारण पार्टीको संगठन विभागले केही दिनअघि पाँच बुँदे निर्देशन जारी गर्दै कुनै पनि बहानामा प्रतिनिधि छनोटलाई आजबाट नसार्न स्पष्ट आदेश दिएको छ।

सबै प्रतिनिधिको नामावली पठाउन सोमबारसम्मको अन्तिम म्याद तोकिएको छ। एमालेका ६ लाख ६७ हजार ६३० संगठित सदस्यबाट प्रतिनिधि चयन हुँदैछ।

झण्डै २२ सय प्रतिनिधि रहने महाधिवेशनमा यसपटक विशेष व्यवस्था गरिएको छ।

प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवा प्रतिनिधिको कोटा सुरक्षित गरिएको छ, जसले युवाको सहभागिता सुनिश्चित गर्ने उद्देश्य राखिएको छ।

Untitled
Untitled
Untitled