२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

विवादपछि प्रधानमन्त्रीले घटाइन् सचिवालयको आकार, विवादित आदर्श भने टिममै

Untitled
Untitled
Untitled

काठमाण्डू, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सचिवालयको संख्या कटौती गरेकी छिन्।

सचिवालय विवादबाट तर्सिएकी प्रधानमन्त्री कार्कीले २६ सदस्यीय सचिवालयलाई ६ सदस्यीय बनाएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।

कार्कीको सचिवालयमा अब प्रमुख स्वकीय सचिव, मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ मात्र रहनेछन्।

विवादमा परेका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ भने उनको सचिवालयमा कायम नै छन्।

श्रेष्ठले श्रीमती संगीता श्रेष्ठलाई पनि सचिवालयमा नियुक्ति गरेपछि प्रधानमन्त्री कार्की विवादित बनेकी थिइन्।

प्रधानमन्त्रीको सचिवालयले यस विषयमा दिएको स्पष्टीकरण पनि अपर्याप्त भन्दै आलोचित भएको थियो।

कार्कीले सर्वोच्च अदालतमा रहँदा नै विवादित बनेका श्रेष्ठलाई सचिवालयमा नियुक्त गरेकी थिइन्।

उक्त प्रकरण बाहिरिएपछि सुशासन मान्ने जेनजी आन्दोलनको जगमा प्रधानमन्त्री बनेकी कार्कीको नैतिकतामाथि नै प्रश्न उठेको थियो।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठ सर्वोच्चको पेशी व्यवस्थान शाखामा रहँदा आर्थिक लेनदेशसमेत गर्ने गरेको आरोपसमेत छ।

२०६१ सालमा आइटी सर्पोट पर्सन पदमा नियुक्ति लिएका श्रेष्ठ प्रधानमन्त्रीको स्वकीय हुनुपूर्व निरन्तर सर्वोच्चमा कार्यरत थिए।

उनले लामो समय पेशी व्यवस्थापन शाखामा काम गरेका थिए। गोलाप्रथा शुरु हुनुअघि उनी प्रधानन्यायाधीशको सरकारी निवास बालुवाटारबाट हुने पेशी तोक्ने कार्यमा संलग्न थिए।

को-को थिए प्रधानमन्त्रीको सचिवालयमा ?
– आदर्शकुमार श्रेष्ठ, प्रमुख स्वकीय सचिव
– संगीता श्रेष्ठ, स्वकीय सहसचिव
– कमला श्रेष्ठ, स्वकीय सहसचिव
– रमेश राज दाहाल, स्वकीय शाखा अधिकृत
– अर्जित खड्का, स्वकीय शाखा अधिकृत
– केशव थापा, स्वकीय शाखा अधिकृत (फोटोग्राफर)
– आकृति घिमिरे, स्वकीय शाखा अधिकृत
– सृष्टी डंगोल, प्रशासन सहायक
– पुनम श्रेष्ठ, प्रशासन सहायक
– जुनु कार्की, प्रशासन सहायक
– एन्जलिना कायस्थ, प्रशासन सहायक
– रविना श्रेष्ठ, प्रशासन सहायक
– हरिबाबु श्रेष्ठ, सवारी चालक
– मिरा अधिकारी, कार्यालय सहयोगी

Untitled
Untitled
Untitled