२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

महेश बस्नेत धनगढी आउने भएपछि सडकमा उत्रिए जेनजी

Untitled
Untitled
Untitled

धनगढी, नेकपा एमालेका नेता महेश बस्नेत धनगढी आउने भएपछि धनगढीमा जेनजीहरुले ‘प्ले कार्ड’ सडकमा उत्रिएका छन्।

आज दिउँसो धनगढीमा एमाले निकट युवा संघको सुदूरपश्चिम प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्न नेता महेश बस्नेत धनगढी आउँदैछन् ।

उनी आउने भएपछि जेनजीहरूले धनगढीको सडकमा ‘प्ले कार्ड’सहित विरोध सुरु गरेका हुन् ।

उनीहरुले ‘गुण्डूको गुण्डा गो ब्याक’, ‘जेनजीको रकतमाथि खेलवाड गर्न पाइँदैन’ जस्ता नारा लेखेर ‘प्ले कार्ड’सहित सडकमा विरोध प्रदर्शन गरिरहेका छन्।

बस्नेतको सुरक्षा र जेनजीको विरोधलाई ध्यानमा राखी सडकमा नेपाल प्रहरी र शसस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ ।

बस्नेत प्लेनमार्फत धनगढी आउँदैछन्।

Untitled
Untitled
Untitled