२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

दोर्दीखोला जलविद्युत कम्पनीले म्याग्दी ए आयोजना बनाउँदै, लाइसेन्स दिन विभागको तयारी

Untitled
Untitled
Untitled
काठमाण्डू, नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचिकृत दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडले ३० मेगावाटको म्याग्दी खोला ए जलविद्युत आयोजना बनाउने भएको छ। आयोजनाबाट बिजुली उत्पादन गर्न कम्पनीले विद्युत विकास विभागमा इजाजत (लाइसेन्स) का लागि आवेदन दिएको छ। विभागले आगामी ३५ दिनपछि कम्पनीलाई म्याग्दी खोल ए जलविद्युत आयोजन बनाउन लाइसेन्स दिनेछ। कम्पनीले १२ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। म्याग्दी ए आयोजना सम्पन्न भएपछि जडित क्षमता ४२ मेगावाट पुग्नेछ। प्रस्तावित आयोजना आगामी २०८४ जेठमा सक्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। आयोजनाबाट वार्षिक १७ करोड ७० लाख युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ। विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय अध्ययन प्रतिवेदन तयार भइसकेको छ। प्रस्तावित आयोजना गण्डकी प्रदेशको धौलागिरी गाउँपालिकामा रहेको म्याग्दी खोलाको पानीलाई उपयोग गर्ने भएको छ। आयोजना नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको रहेको छ। आयोजनाको सम्पूर्ण संरचनाहरु धौलागीरी गाउँपालिकमा म्याग्दी खोलाको दायाँ किनारमा रहने भएका छन्। विद्युत उत्पादनको लागि म्याग्दी खोलाको पानी फर्काउन बनाइने बाँधको कूल लम्बाई १५ मिटर र उचाई ८ मिटरको हुनेछ। प्रत्येक युनिट १५ मेगावाटका दुईवटा थ्रि फेज जेनेरेटरमार्फत ३० मेगावाट विद्युत उत्पादन गरिनेछ। आयोजनाबाट उत्पादन हुने विद्युत २५ किलोमिटर लामो प्रसारण लाईनमार्फत नेपाल विद्युत प्राधिकरणको डाँडाखेत सवस्टेशनबाट राष्ट्रिय प्रसारण लाईनमा प्रवाह गरिनेछ। दोर्दीखोला जलविद्युत कम्पनी २०६६ मा स्थापित विद्युत उत्पादन गर्ने संस्था हो।
Untitled
Untitled
Untitled