२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित, अब शनिबार बस्ने

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पुनः स्थगित गरिएको छ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज (बिहीबार) तय गरिएको बैठकलाई सार्दै शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने निर्णय भएको छ।

यसअघि ३० कात्तिकमा विज्ञप्ति जारी गर्दै १ मंसिरका लागि बोलाइएको बैठक स्थगित गरी आजका लागि राखिएको थियो। बैठकमा विशेष महाधिवेशन वा नियमित महाधिवेशन गर्ने विषयमा निरन्तर बहस चलिरहेको छ।

विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर संकलन भइसके पनि संस्थापन पक्ष भने निर्वाचनपछि मात्र नियमित महाधिवेशन गर्नुपर्ने मतमा कायम छ।

गत २८ असोजबाट शुरु भएको बैठकमा कात्तिक २७ गतेसम्म नेताहरूले आ–आफ्ना धारणा राखिसकेका थिए।

त्यसपछि तय गरिएका २९ कात्तिक र १ मंसिरका बैठकहरू पनि स्थगित हुँदै मंसिर ४ मा सारिएको बैठक पुनः शनिबारमा सारिएको हो।

जारी बैठकबाट पार्टीको १५औँ महाधिवेशन र आगामी प्रतिनिधि सभा निर्वाचनसम्बन्धी महत्वपूर्ण निर्णय आउने अपेक्षा गरिएको छ।

Untitled
Untitled
Untitled