२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सर्वोच्चले आजदेखि नियमित अवस्थामा मुद्दाको दर्ता र सुनवाई गर्ने

Untitled
Untitled
Untitled

काठमाण्डू, जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनी र तोडफोडपछि आंशिक सेवा सञ्चालन गर्दै आएको सर्वोच्च अदालतले आजदेखि आफ्ना सबै सेवा नियमित रूपमा सञ्चालन गर्ने भएको छ।

अघिल्लो बिहीबार बसेको फुलकोर्ट बैठकले पहिले रिट निवेदन र केही अत्यावश्यक मुद्दामात्र दर्ता तथा सुनुवाइ गर्दै आएको प्रणालीलाई विस्तार गर्दै अब शुरु मुद्दा, पुनरावेदन, दोहोर्‍याई पाउँ, पुनरावलोकन लगायत सबै प्रकारका मुद्दा तथा निवेदनलाई सामान्य प्रक्रियाअनुसार दर्ता र सुनुवाइ गर्ने निर्णय गरेको हो।

सर्वोच्चले भदौ २४ देखि कात्तिक ३० गतेसम्मको अवधिलाई ‘शून्य अविध’ मान्ने निर्णय गरेको छ। साथै मंसिर १ गतेदेखि ३० दिनसम्म हदम्याद, म्याद र तारेख थाम्न सकिने सुविधा पनि उपलब्ध गराइने सर्वोच्चले जनाएको छ।

जेनजी आन्दोलनका कारण देशभरका २३ अदालतमा आगजनी भएको थियो, जसका कारण ती अदालतहरूमा अझै पूर्ण रूपमा कामकाज सुचारु हुन सकेको छैन।

Untitled
Untitled
Untitled