२०८१ चैत ६ बुधवार | Wednesday, Mar 19 2025

हजारौ प्रशंसकको श्रद्धाञ्जली पछि पेलेको अन्तिम संस्कार

Untitled
Untitled
Untitled

विश्व फुटबलका लेजेन्ड पेलेको अन्तिम संस्कार गरिएको छ । पेलेको पार्थिव शरिरलाई श्रद्धाञ्जलि दिन हजारौँ प्रशंसकको साओ पाउलोस्थित सान्तोस क्लबको रंगशालामा पुगेका थिए ।

पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि सान्तोस क्लबको भिला बिलमिरो रंगशालामा लगिएको थियो । तीन पटक फिफा विश्वकप जितेका पेलेको गत बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको थियो । आफ्ना प्रिय खेलाडीलाई अन्तिम पटक बिदाईमा हजारौँ समर्थक उपस्थित भएका थिए ।

३० डिग्रीभन्दा माथिको तापक्रमको वास्ता नगरी उनीहरुले दुई घन्टाभन्दा बढी लाइनमा बसेर पेलेलाई श्रद्धाञ्जलि अर्पण गरेको रोयटर्सले जनाएको छ । पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन पुगेका फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कम्तीमा एउटा रंगशालाको नाम पेले राख्न आफ्ना दुई सय एघार सदस्य राष्ट्रहरुलाई आग्रह गरेका छन् । उनले पेले शाश्वत भएको भन्दै फिफाले पनि पेले प्रति उच्च सम्मान गर्ने जानकारी दिए ।

ब्राजिलका नेइमार, भिनिसियस जुनियर, रियाल मड्रिड क्लब लगायतले पुष्पाञ्जलि पठाएका थिए । २४ घन्टाको श्रद्धाञ्जलि सभापछि पेलेको निजी समारोहमा अन्तिम संस्कार गरिएको थियो ।

Untitled
Untitled
Untitled