२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

कांग्रेस-एमालेबीच सरकार बन्दा गरेको संविधान संशोधन गर्ने कुरा हरायो : डा.कोइराला

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस-एमालेबीच सरकार बन्दा संविधान संशोधन वा सुधार गर्ने भनिएपनि ९ महिना बित्दा पनि त्यसमा ध्यान दिन नसकेको बताएका छन् ।

साहित्यिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको सर्जक सुमन कर्मचार्यको ‘कात्रोमा खल्ती’ अनाख्यानको लोकार्पण कार्यक्रममा  डा.कोइरालाले देशको राजनीति, आर्थिकलगायतका क्षेत्र अत्यन्तै नाजुक रहेको बताए

बिचौलियाको बिगबिगी हरेक क्षेत्रमा देखिएको उनको जिकिर छ ।

डा. कोइरालाले वर्तमान सरकारको कार्यशैलीलाई लिएर असन्तुष्टि पोख्दै शको परिस्थिति अत्यन्तै नाजुक रहेको टिप्पणी गरे ।

राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न पनि बिचौलियाको चलखेलको कुरा आएको भन्दै डा. कोइरालाले बिचौलियाको चलखेलमा गभर्नर नियुक्त गरे नेपालकै लागि दुर्भाग्य हुने बताए ।

‘नेपालको अर्थतन्त्रसँग खेल्ने अधिकार कसैलाई नरहेको उनको भनाइ छ । मुलुकको सुशासन कस्तो अवस्थामा छ भन्ने कुरा स्पष्ट छ । गठबन्धनको औचित्य सावित हुन सकेको छैन’, उनले भने ।

डा. कोइरालाले राजनीतिक इच्छाशक्ति भए देशलाई समृद्ध र सुशासनयुक्त बनाउन सकिने धारणा धारणा राखे ।

Untitled
Untitled
Untitled